आयल निगम आफैँले बिक्री थाल्यो पकाउने ग्यास
काठमाडौं, २८ माघ । बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव बढेपछि नेपाल आयल निगम आफैँले बिक्री थालेको छ। निगमको टेकुस्थित कार्यालयबाट ग्यास बिक्री वितरण सुरू गरिएको हो ।
निगमले हाल नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासको बिक्री सुरू गरेको छ । मागअनुसार थप कम्पनीका ग्यास पनि बिक्रीमा राख्ने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । डिलरमा धेरै समय लाइन बस्दा पनि ग्यास पाउन कठिन भएको गुनासो आएपछि कार्यालय परिसरमा काउन्टर राखेरै अत्यावश्यक परेका उपभोक्तालाई बिक्री गरिएको उनले बताए ।
उनले भने, ‘आज पहिलो दिन नेपाल ग्यासको १६० वटा सिलिन्डर आइसकेको छ । एभरेस्ट ग्यासको ७० सिलिन्डर बिक्री सुरू भएको छ । भने सुगम ग्यास आउने क्रममा छ । आजै ३०० वटासम्म सिलिन्डर पुर्याउने हाम्रो तयारी छ ।’
दैनिक बजारको माग हेरेर वितरणको थप योजना बनाउने निगमले जनाएको छ । सामान्य अवस्थामा देशभर दैनिक १ लाख सिलिन्डरको माग हुने गरेको छ । तर, अहिले बजारमा अभाव हुने हल्ला चलेपछि माग बढेर २ लाखभन्दा बढी पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्