नेपालमा ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुग्यो
काठमाडौंं, २६ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार देशका अधिकांश घरधुरीमा विद्युत् र सञ्चारको पहुँच पुगेको उल्लेख छ ।
प्रतिवेदनको तथ्याङ्क अनुसार नेपालका करिब ९६।७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पुगिसकेको छ । यो तथ्याङ्कले नेपाल पूर्ण विद्युतीकरण नजिक पुगेको छ ।
प्रदेशगत आधारमा गण्डकी प्रदेश सबैभन्दा अगाडि छ । सो प्रदेशको ९९।५ प्रतिशत घरपरिवारमा विद्युतको सुविधा पुगेको छ । कर्णाली प्रदेशमा भने ८०।८ प्रतिशत घरपरिवार मात्र विद्युतको निरन्तर पहुँच पुगेको छ ।
विद्युतसँगै सञ्चार क्षेत्रमा पनि नेपाल धेरै अगाडि पुगेको छ । प्रतिवेदन अनुसार देशभरका ९५।५ प्रतिशत घरपरिवारमा टेलिफोनको पहुँच पुगेको छ । जसमा स्थिर टेलिफोन ९ल्यान्डलाइन० र मोबाइल फोन दुवैलाई समावेश गरिएको छ ।
सञ्चार पहुँचमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । सो प्रदेशका ९७।१ प्रतिशत घरपरिवारमा फोन सेवाको पहुँच पुगिसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने ९२।६ प्रतिशत घरपरिवार मात्र यस सुविधा पुगेको छ ।















प्रतिक्रिया दिनुहोस्