नेकपाका ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल १२ जना सहकर्मीसहित  कांग्रेस प्रवेश

काठमाडौं, २३ माघ । निर्वाचन नजिकिंदेै गर्दा पार्टी प्रवेश गर्नेको लर्काे रहेको छ । यस्तै नेकपा (बहुमत०) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा ९बहुमत० त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको बताइएको छ ।

उपसभापतिको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ । विशेष महाधिवेशन गरेर नयाँ दृष्टि र नयाँ नेतृत्वसहित कांग्रेस अगाडि आएका कारण पार्टीमा प्रवेश गरेको सिलवालले कार्यक्रममा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्