निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काद्वारा राजीनामा

काठमाडौं । इन्धन भण्डारण क्षमता बढाउन आवश्यक जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लागेका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् ।

विगत ९ महिनादेखि आफूलाई भूमिकाविहीन बनाएर राखिएको तथा बदनाम बनाउने खेल चौतर्फी हुन थालेको दाबी गर्दै उनले राजीनामा दिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै खड्काले भने ‘मैले निगममा धेरै नीतिगत सुधार समेत गरेको थिएँ तर त्यसलाई छायाँमा पार्ने र बदनाम गर्ने कार्य गरियो मलाई ९ महिनासम्म भूमिका विहीन बनाएर राखियो। त्यसैले राजिनामा दिएँ।’

तत्कालीन संसदीय समितिहरुले जग्गा खरिद गरिएको झापा, चितवन लगायतका क्षेत्रको स्थलगत अध्ययन गरी खड्काकै निर्देशनमा चल्तीको भाउभन्दा चार गुणा महँगो रकममा जग्गा खरिद गरेर ब्यापक भ्रष्टाचार भएको निश्कर्ष निकालेको थियो।

समितिको सो निश्कर्षपश्चात सरकारले उनलाई बर्खाख्त गरेको थियो। सरकारको सो कदमपश्चात खड्का सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चले सरकारको सो निर्णय उल्टाइदिएपछि खड्कालाई आपूर्ति मन्त्रालयमा तानिएको थियो।

प्रतिक्रिया दिनुहोस्