नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने: प्रम शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताएका छन ।

देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताए ।

उनले भने “म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ” ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गरे ।

सभामा नेकपा एमाले र (माओवादी केन्द्र) का स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्