सुन र चाँदी दुबै धातुको मुल्य वृद्धि, सुनको मूल्य फेरि ३ लाख रुपैयाँ नाघ्यो

काठमाडौं, २१ माघ । सुनमा र चाँदी दुबै धातुको मुल्य वृद्धि भएको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि हो । यस दिन सुनको मूल्य बढेर फेरि ३ लाख रुपैयाँ नाघेको छ । यस दिन सुन प्रतितोला १४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २६५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सन र चाँदीमा निकै उतढचढाव आएको छ ।

प्रतिक्रिया दिनुहोस्