आज सुनचाँदीको दुवै धातुको मूल्यमा भारी गिरावट, एकै दिन साढे २० हजार घट्यो

काठमाडौं, १६ माघ । निरन्तर ठूलो अन्तरले बढेको सुनको मुल्य आज भने राम्रै घटेको छ । नेपाली बजारमा आज सुनचाँदीको दुवै धातुको मूल्य घटेको हो ।
हिजोको तूलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्यनै हालसम्मको उच्च हो । बिहीबारको बजारमा सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्यनै हालसम्मको उच्च हो।

प्रतिक्रिया दिनुहोस्