जसपाबाट पूर्वमन्त्री सहित ८ जनालाई पार्टीबाट निष्कासन

काठमााडैं, १४ माघ । निर्वाचनको मुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री सहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

आगमी फागनु २१ गते हुने प्रतिनिधिसभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरू विरुद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले प्रदिप यादवसहित चन्दनकुमार सिंह (बार्रा), आत्माराम साह (बार्रा), कमरुल्लाह अन्सारी (बार्रा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव (महोत्तरी), नवलकिशोर सिंह (बार्रा)र डा. शिवजी यादव (महोत्तरी) लाई कारबाही गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा यादव जसपा नेपाल त्यागेर नेकपा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशसँगै उनले पर्सा क्षेत्र नम्बर.१ बाट उम्मेदवारी समेत दिएका छन् । उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

पार्टी छाडेको एक साता भन्दा बढी समय बितिसकेपछि जसपा नेपालले यादव लगायतलाई आज कारबाही गरेको विज्ञप्ति निकालेको हो ।

उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरीत कार्य गरेकोले आजैको मितिदेखि पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यसले पार्टीमा र्भईचालो गएको छ ।

प्रतिक्रिया दिनुहोस्