सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय केन्द्रीय कमिटिले गरेकाले पालना नगर्ने छुट कसैलाई छैन: नेता मीन विश्वकर्मा
काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय पालना नगर्ने छुट कसैलाई नभएको बताएका छन्।
काँग्रेसमा बिवाद र अन्तरद्वन्द छ की भन्ने आशंका भएका बेला निवर्तमान पार्टी सभापति शेरबहादुर निकछट मानिने नेता विश्वकर्माले आफ्नो फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको र सो निर्णय सबैले पालना गर्नुपर्ने बताएका हुन्। यसले
ुपार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ। अन्यथा गर्ने कसैलाई छुट हुँदैन,ु उनले लेखेका छन्।
उनले पार्टीभित्र अहिले कुनै पनि मतभेद नरहेको र निर्वाचनबाट रूख चिह्नमा बहुमत ल्याउने गरी कांग्रेस एक भएर लागेको पनि बताएका छन्।
ुअदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस भनि उम्मेदवार छनौटमा सहमति गरी देशव्यापी रूपमा कांग्रेसजनले रूख चिह्नमा निर्विवाद मत माग्ने वातावरण बनाइएको छ,ु उनले भनेका छन्,ु अहिले कुनै मतभेद छैन।ु
राष्ट्रिय सभा निर्वाचनलगत्तै पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले भेला बोलाउन लागेको भन्ने कुरा पनि हल्ला मात्रै रहेको उनले बताएका छन्।
पार्टी चुनावी मैदानमा रहेको बेला आउने भ्रामक सूचनाहरूमा पार्टीका सम्बन्धित व्यक्तिसँग बुझ्न उनले अनुरोध गर्दै पार्टीका उम्मेदवारलाई असर पर्ने काम नगर्न विश्वकर्माले अनुरोध गरेका छन्।
यसले नेपाली काँग्रेस निर्वाचनका लागि एकब ढिक्का भएर लागेको प्रष्ट्याएको छ । यो सन्देश गएको छ ।















प्रतिक्रिया दिनुहोस्