नेपालले आईसीसी महिला टी-२०: नेपालको पहिलो जित हासिल
काठमाडौं, १० माघ । नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गर्न सफल भएको हो ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको छ । जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रन बनाइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १(१ विकेट लिए ।
नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्नैपर्ने दबाब रहनेछ । यसले नेपाललाईउ निकै चुनौती पुर्ण रहेको छ ।















प्रतिक्रिया दिनुहोस्