अन्तत पाल्पाको क्षेत्र नं २ मा ठाकुर गैरेले टिकट पाए, रूपन्देहीको क्षेत्र नं ४ मा हजरत अली

काठमाडौंं, ६ माघ । अन्तत लुम्बिनीको पाल्पाको क्षेत्र नं २ मा केन्द्रीय सदस्य ठाकुर गैरेको नाममा टिकट पाएको छ । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरी पाल्पाको क्षेत्र नं २ मा गैरे र रूपन्देहीको क्षेत्र नं ४ मा हजरत अलीलाई उम्मेदवार बनाएको हो ।
यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूलाई टिकट दिने गरी निर्णय भएको नेकपा एमाले स्रोतले जनाएको छ।

नेकपा एमालेबाट रूपन्देहीको क्षेत्र नं ४ मा हजरत अली उम्मेदवार बन्ने भएका छन्।

उक्त निर्वाचन क्षेत्रमा यसअघि जिल्ला कमिटी उपसचिव सुनिता ठठेरलाई उम्मेदवार बनाउने निर्णय भएको थियो तर उनी आफै निर्वाचन लडन इच्छुक थिइनन्।

ठठेर लामो समयदेखि पार्टीमा सक्रिय स्थानीय नेता हुन्।

त्यसैगरी पाल्पाको क्षेत्र नं २ मा केन्द्रीय सदस्य ठाकुर गैरेको नाममा टिकट आएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए।

यसअघि उक्त निर्वाचन क्षेत्रमा राम बहादुर राउतको नाममा टिकट आएको चर्चा थियो।

ुपाल्पाको क्षेत्र नं २ मा ठाकुर गैरे टिकट दिने भन्ने निर्णय आएको छ। टिकट लिएर जाँदै छु। अब उहाँ नै उम्मेदवार हो,ु उनले भने। गैरेलाक्ष् टिकट नदिएको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्