डडेलधुरामा देउवाको स्थानमा नैनसिंह महर उम्मेदवार बन्ने

काठमाडौंं, ६ माघ । डडेलधुरामा नेपाली कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटकबाट चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

२०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएको छ । यसले राजनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्