पुनर्निर्माण प्राधिकरणलाई सक्रिय बन्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा घरधनी, जनप्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिएका छन् ।
“निजी आवाज पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधान”बारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणमा दाताबाट लिएको ऋण र आन्तरिक स्रोतबाट खर्च गरिएको हुनाले यो खर्चको एकएक हिसाब राख्नुपर्ने बताए ।

दाताबाट लिएको ऋण तिर्नुपर्ने भएकाले त्यसको सदुपयोगमा पनि अर्थमन्त्री खतिवडाले जोड दिए । आन्तरिक स्रोतबाट पुनर्निर्माणमा हुने खर्चको एक–एक पैसाको हिसाब नागरिकलाई दिनुपर्ने भएकाले इमान्दारीतामा पारदर्शिता हुने गरी काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन थियो ।
अर्थमन्त्री खतिवडाले विकास, सुशासन र विपद् व्यवस्थापनको कामलाई सम्पन्न गर्ने दायित्व पूरा गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्