टासी लाजोम शेर्पालाई समानुपातिक बन्दसूचीबाट हटाएको विरोधमा केन्द्रीय कार्यालयमा प्रदर्शन
काठमाडौं, ३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन भएको छ । टासी लाजोम शेर्पालाई बिना आधार रास्वपा)ले समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै विरोध भएको हो ।
हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका हुन् । दुई जिल्लाका सभापतिको नेतृत्वमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।
शेर्पालाई भूराजनीतिक कारण देखाउँदै रास्वपाले बन्दसूचीबाट हटाएको थियो । उनले आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको भन्दै रास्वपाको निर्णयमा आपत्ति जनाउँदै आएकी छिन् ।
उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । यसले पार्टीलाइृ नै चुनौती दएको छ ।















प्रतिक्रिया दिनुहोस्