लिटल प्यारागन नेपाल २०१८ को प्रथम रुस्वा गुरुङ प्रथम विजेता बनीन्

काठमाडौं । लिटल प्यारागन नेपाल २०१८ को विजेता आइडियल मोडल स्कूलकी रुस्वा गुरुङ प्रथम विजेता बनेकी छिन् ।
गत शनिबार सम्पन्न भएको लिटल प्यारागन नेपाल २०१८ कक्षा ३ मा अध्ययनरत ८ बर्षिय स्कूल आइडियल मोडल स्कुलकी रुस्वा गुरुङ प्रथम बिजेता बनिन्, भने प्रथम रनरअप कक्षा ४ मा अध्ययनरत जेम्स स्कुलकी सोफिया शाह भइन्, दोश्रो रनरअप कक्षा ४ मा अध्ययनरत काठमाण्डौं प्रज्ञा कुन्जकी रितु मानान्धर भइन् भने, तेश्रो रनरअप काभ्य इङ्गलीसमा अध्ययनरत अरिस भुर्तेल भएका छन् ।

jagarannews.com

साथै कार्यक्रममा उत्कृष्ट नाच मेरिसा राईले प्रस्तुत गरिन भने उत्कृष्ट चित्रकला बर्शना श्रेष्ठले प्रस्तुत गरिन् । यस बाहेक अरु थुप्रै विधामा बिजेता घोषणा गरिएको आयोजक परेली मिडियाका तर्फबाट मिसेस नेपाल आइकन २०१७ की बिजेता बर्षा कार्की तथा बिनम थापाले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्