आज सुन र चाँदी दुबैको मुल्यमा उच्च वृद्धि
काठमाडौं, २१ फागुन । नेपाली बजारमा आज सुनको मूल्य फेरि ह्वात्तै बढेको छ । आज सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज २ लाख ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीमा झनै ठुलो मूल्य वृद्धि भएको छ । आज चाँदी एकैदिन प्रतितोला १८५ रुपैयाँ बढेको छ । आइतबार ४ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको हो ।पछिल्लो समय सुनको मुल्यमा निकै घटबढ हुन थालेको छ ।















प्रतिक्रिया दिनुहोस्