तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ

काठमाडौंं, ९ पुस। तासमा चिप्स जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् ।

भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने भन्दै स्क्याम गरेर ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । यय प्रकरणमा प्रहरीले सुष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्