सुन र चाँदीको मूल्यले आज नयाँ रेकर्ड
काठमाडौंं, ९ पुस। सुन र चाँदीको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड ब्रेक गर्दै गएको छ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नै हालसम्मको उच्च मूल्य हो । यस अघि हिजो अर्थात मंगलबार सुनको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुन र चाँदीको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै निरन्तर बढेको छ ।
बुधबारको बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन चाँदी तोलामा १६५ रुपैयाँले बढेर रेकर्ड बनाएको हो । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै यस दिन चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।यसले गर्दा खरिद कर्तालाई निकै मर्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्