सुनको भाउले रेकर्ड बनाउने क्रम जारी, एकैदिन ५ हजार ५ सय रुपैयाँ बढ्यो
काठमाडौं, ८ पुस । सुनको मुल्य प्रत्येक दिन बढ्र्द गएको छ । मंगलबार (आज)एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनदेखि सुनको भाउले रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार कारोबार भइरहँदा नेपाली समय १० स् ५० बजे प्रतिऔंस सुनको भाउ ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ । एक प्रतिऔंस बराबर २।४३ तोला हुन्छ ।
चाँदीको भाउमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ ।सुको मुल्य वृद्धिले गर्दा खरिद कर्तालाई निकै मर्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्