चाँदीको नयाँ रेकर्डस्, सुन समान्य घट्यो
काठमाडौं, ६ पुस । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ भने सुनको मुल्य समान्य घटेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यस्तै अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।















प्रतिक्रिया दिनुहोस्