सुन र चाँदी दुबैको मुल्यले उच्च रेकर्ड बनायो

काठमाडौं, ३ पुस। सुन र चाँदीको मुल्य दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबार पनि नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य बढेको छ ।

आज तुलनामा ७ सय रुपैयाँ बढी छ भने चाँदी २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।यसले गर्दा खरितकर्तालाई मर्का परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्