महाधिवेशनको संघारमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज युवा भेलाको आयोजना

काठमाडौं, २६ मंसिर । नेकपा एमाले ११औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच निकै प्रतिष्पर्धा देखिएको छ , उनीहरु दुबैले आ आफ्नो गुठ बनाएर प्रसार देखि भेला आयोजना गरेको छ ।
आज शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले युवा भेलाको आयोजना गरेको छ। संस्थापन पक्षले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित कतिपय कामहरूमा पोखरेल समूहलाई सहभागी गराएको छैन। महाधिवेशन स्थलमा खटिने स्वयम्सेवकहरूमा पनि ओली पक्षले एकलौटी गरेको उनीहरूको आरोप छ।

त्यसलाई काउन्टर दिने तयारी पोखरेल समूहले आज युवा भला गरेको नेताहरुले बताएको छन् ।

युवा भेला शुक्रबार बिहान ११ ३० बजे काठमाडौं बैंक्वेटमा आयोजना गर्न लागेको एक नेताले बताए। कार्यक्रममा स्थायी कमिटी सदस्य कर्ण थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्षका दावेदार दुबै नेताले आफ्ले जित्ने दावी समेत गरेको छ । एमालेले आजै १ बजे पार्टी सचिवालयको बैठक समेत बोलाएको छ ।

महाधिवेशन भोलि (शनिबार) बाट काठमाडौं उपत्यकामा सुरू हुँदैछ। उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ। महाधिवेशन सुरक्षार्थ १० हजार स्वयमसेवक परिचालन गर्ने युवा संघले जनाएको छ ।
नेजजी आन्दखोलन पछि भएको यो महाधिवेशनलाई सबै राजनीतक शक्तिहरुले नजिकबाट नियाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्