लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं, २४ मंसिर । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गरेको हो ।

काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो ।

लिग चरणमा तेस्रो भएको काठमान्डु भने एलिमिनेटरमा हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रन बनाए । ३४ बल खेलेका उनले २ छक्का प्रहार गरे । सन्दीप जोराले २३ बलमा १ चौका र १ छक्का मदद्तमा २३ रन जोडे । कप्तान रोहित कुमार पौडेलले २५ बलमा १८ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर निरोशन डिकवेलाले १४ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाए ।

सर्टसँग ओपनिङ गरेका दिनेश अधिकारी व्यक्तिगत ४ रनमा तेस्रो ओभरमा आउट भएपछि ओपनर सर्ट र कप्तान रोहितले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए ।

काठमान्डुका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १(१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो ।

काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले १७ बलमा १ छक्का मदतमा सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए । सिम्पसनले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । आदिलले ११ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । भीम शार्कीले १४ बल खेल्दै १ छक्का मद्दतमा १४ रन बनाए ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले सुरुमै सानदार बलिङ गर्दै २(२ विकेट झारेपटि काठमान्डुले १४ रनमै ४ विकेट गुमाएको थियो ।

त्यसपछि काठमान्डुका लागि भीम शार्की र जोन सिम्पसनले ३६ रनको साझेदारी गरे । पावर प्लेमा काठमान्डुले ४ विकेट गुमाएर २९ रन बनाएको थियो ।

५२ रनमा ७ विकेट गएपछि आदिल आलमले केही ठूला सट खेल्दै इनिङ्स अघि बढाएका थिए । आदिल र सन्तोष यादवले साझेदारी गर्ने प्रयास गरेपनि शेर मल्लले आदिललाई बोल्ड गर्दै साझेदारी तोडे ।

लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिए । शेर मल्लले ४ ओभरका २२ रन खर्चेर ३ विकेट लिएका शेर मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । उनको १३ विकेट पुगेको छ । उनीभन्दा अगाडि सन्दीप लामिछानेको १५ र अविनाश बोहराको १६ विकेट छ । रोहितले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यस्तै रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अभिशेष गौतमले समान १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्