राष्ट्रकविलाई फेरि उपचारका लागि भारत लगियो

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि  सोमबार पुनः भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ । शनिबार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि घिमिरेलाई फलोअपका लागि आइतबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियो ।

उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि फेरि मेदान्तमा नै लगिएको राष्ट्रकवि घिमिरेको पारिवारिक श्रोतले जनाएको छ । सानो आन्द्रामा भएको रक्त श्रावका कारण स्वास्थ्यमा समस्या देखिएका कारण भारतमा उपचार गराई फर्किएका राष्ट्रकविलाई पुन : सोमबार उनका कान्छा छोरा राजिब र बुहारीले भारत लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्