एनपीएलः काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै
काठमाडौं, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।
त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले उपाधिको सम्भावना छ । यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।
अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्वालिफायरमा खेल्नुपर्ने हुन्छ ।
पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।
काठमान्डुले लुम्बिनीमाथि हालसम्म खेलेका दुवै खेल जितेको छ । काठमान्डुले त्यो दबदबा कायमै राख्न चाहनेछ भने लुम्बिनीले आजको खेल जितेर काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाउने सोचमा छ















प्रतिक्रिया दिनुहोस्