मकवानपुर मनहरी गाउँपालीकामा एकै व्यक्तिले खुकुरी प्रहार गरि तीन जनाको हत्या गरे

काठमाडौं । सनसनीपूर्ण खुकुरी प्रहारबाट मकवापुर मनहरी गाउँपालीकाको समिल डाँडामा मंगलबार बेलुका तीनजा निर्दोष मानिसको हत्या भएको छ । हत्या गर्ने मानिस मानसिक रोगी भएको हुनसक्ने बताई पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएकोछ । प्रहरीले अनुसन्धान जारी छ । ३२ बर्षका सुमन बराइलीले पालै–पालो गरि तीन जनालाई गर्दनमा खुकुरी प्रहार गरी हत्या गरे । मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन छन् । जीतबहादुर ब्लोन आफ्नै घरमा पाउनु लाग्न आएका थिए । उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या हो ।
यसरी भयो हत्या मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गए । घरमा बस्नु, काम गर्नु भनेर सम्झाउन गएको बुझिएको छ । सुमन बराल भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । यत्तिकैमा घरको आँगनमा मित सी तारामलाई खुकुरी हाने । मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले । बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे । छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे। त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति काटेको छ ।
खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले समात्नको लागि प्रयास गरे, तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे । स्थानीयले घटनाको जानकारी फोनमार्फत गेरे पछि प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आईपुगे प्रहरी र हत्यारा सुमनबीच लखेटालखेट भयो । प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्छन् । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश मागे पछि, गोली हान्नु भन्ने जवाफ आयो । तर, गाउँलेले हानेको ढुंगा लागेर सुमन लडेपश्छा मात्र उालाई प्रहरीले पक्राउ गरे ।
मकवानपुर प्रहरी कार्यलयका प्रवक्ता डिएसपी डिलिपराज झाका अनुसार मानसीक सन्तुलन गुमाएको भन्ने कुरामा सत्यता नभएको र घर छिमेकले पनि त्यस्तो कुरा थाहा नभएको जानकारी दिएका बताए । घटनापछि बराईलीको घरमा ताला लागेको र सबै परिवार वेहोस भई चितवन अस्पतालमा रहेको प्रहरीले जागरण न्यूजलाई जानकारी दिए । यदि मानसकि सन्तुलन गुमाएको भन्ने कुरा औषधि उपचार गरेको कागजात तथा रिपोर्टबाट हरेपछिमात्र पुष्टि गर्न सकिने प्रबक्ता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्