एनपीएल क्रिकेट: विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १७ मंसिर। एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल आज अपराह्न चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ भने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुई मात्र जितेको छ ।

प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । तर पनि आजको खेल निकै प्रतिष्पर्धी हुने छ ।

प्रतिक्रिया दिनुहोस्