मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्ष: अब लघु वित्तले धितो दिने कर्जाको सीमा १५ लाख रुपैयाँ
कबाठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको जनाएकोछ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकले सार्वजनिक गरिएको समीक्षामा नीतिगत व्यवस्थामा भनिएको छ ।















प्रतिक्रिया दिनुहोस्