ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको ज्यान गयो

काठमाडौं । अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ ।

दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको उद्दार गरिएको छ ।

ट्यूनिसियाको स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रवासी शरणार्थी चढेको डुंगा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरेको थियो ।

पछिल्लो समयमा शरणार्थीहरु ट्युनिसियाको बाटो हुँदै अवैध रुपमा युरोप जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्