पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए आन्दोलन गर्ने मोर्चाको चेतावनी

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्य फिर्ता लिन माग गरेको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले आज जारी गरेको वक्तव्य मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गरिएको छ । महँगी घटाउने गरी सरकारले तुरुन्त कदम नचाले सडक आन्दोलन गर्ने मोर्चाको चेतावनीछ ।

‘समृद्ध नेपाल र सुखी नेपालीको नारा उराल्दै आएको केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाँचौं पटक मूल्य बृद्धि गरेको छ । यसको असरले चौतर्फी रुपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ ।

यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको  मूल्य पूर्ववत् अवस्थामा ल्याउनुको साथै उपभोग्य बस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त  कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

अन्यथा सडक संघर्षमा उत्रनु बाहेक हाम्रा अगाडि अर्को विकल्प नरहने कुराको पनि हामी जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तीमा छ ।

केपी ओली नेतृत्वको सरकार गठनपछि पटक–पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । सरकारको यो निर्णयको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्