एनपीएल: आज कर्णाली याक्स र काठमाडौं गोर्खाज प्रतिष्पर्धा गर्दै
काठमाडौं, १४ मंसिर। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी ) आज कर्णाली याक्स र काठमाडौं गोर्खाज प्रतिष्पर्धा गर्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ । आजको खेल निकै रोचक हुने विश्वास गरिएको छ















प्रतिक्रिया दिनुहोस्