जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
काठमाडौं, १३ मंसिर । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
सञ्जय कृष्णमूर्तिको अर्धशतक मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य दियो
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक विजेता जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।
कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे ।
३५(३ को अवस्थाबाट लफ्टी इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स सम्हालेका थिए ।
सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । आजको खेल द्रबै पक्षलाई जित्नै पर्ने वाध्यता छ ।















प्रतिक्रिया दिनुहोस्