काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिए

काठमाडौं, १२ मंसिर । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९।४ ओभरमा सबै विकेट गुमाएर १४२ रनमा अलआउट भएको हो ।

काठमान्डुका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे । यो जोडीले तेस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । तर, सिम्पसन १७औं ओभरमा आउट भएपछि काठमान्डुका कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन् ।

१५ ओभरमा १०९र३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको हो ।

 

चितवनका बलरले उत्कृष्ट कमब्याक गरेपछि काठमान्डु अलआउट भएको हो । चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुईरदुई तथा रवि बोपाराले एक विकेट लिए ।

 

 

प्रतिक्रिया दिनुहोस्