चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिए

काठमाडौं, १० मंसिर । चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो ।

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुईरदुई तथा शुभम रन्जानले एक विकेट लिए ।

सुरुवाती १० ओभरमा ७५(३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्