एनपिल: काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

काठमाडौं। ९ फागुन । नेपाल प्रिमियर लिग (एनपिल) दोस्रो संस्करण अन्तर्गत आज मंगलबार दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ । आजको खेललाई पनि निकै रोचक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्