विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो
काठमाडौं, ८ मंसिर । विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको थ्रिलिङ म्याचमा साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले लगातार तेस्रो जित हात पारेको छ ।
विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको छ। साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए पनि जिताउन सकेनन् ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले चार ओभरमा केवल ११ रन दिएर ४ विकेट लिए । यस्तै, सूर्य तामाङले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । यसले आजको अकौ खल ४ बजेदेखि सुरु हुनेछ ।















प्रतिक्रिया दिनुहोस्