एनपीएल: सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४रनको लक्ष्य दिए

काठमाडौं, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।

एक समय १५ ओभरमा १६०)२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमायो ।

सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २÷२ विकेट लिए । आजकने खललाई पनि निकै प्रतिष्पर्धी भएको छ ।

प्रतिक्रिया दिनुहोस्