मन्त्रिपरिषद्को निर्णयः बिमस्टेक सम्मेलन भदौ दोश्रो साता

काठमाडौं । सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको ।

आईतबार बसेको मन्त्रिपरिषद बैठक बिमस्टेकका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो साता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आजको बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव राख्ने निर्णय गरेको बताए । बैठकले विद्यार्थी भर्ना अभियानलाई दोहोर्याउने, काठमाडौं–तराई फाष्ट ट्रयाकको कामलाई थप तिव्रता दिनका लागि सम्बन्धित समितिलाई अनुगमन गर्न निर्देशन दिने लगायतका निर्णहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्