सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दियो
काठमाडौं, २३ मंसिर । काठमाडौंको किर्तीपुरमा जारी दोस्रो संस्करणको एनपिएलमा निर्धारित २० ओभरमा अलआउट हुँदै सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।
कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २(२ विकेट लिए ।
काठमान्डु गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्