बारा घटना: निषेधको राजनीति नगर्न महामन्त्री शर्माको आग्रह

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् ।

नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि प्रष्ट्याएका छन् ।

‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,’ शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
महामन्त्री शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।

नेता शर्माले सिमरा घटनालाई दुःखद् भनेका छन् ।
लोकतनत्रका सबैले आफ्ना धारणा, सफा गर्ने पाईन स्वतन्त्रता छ । यस्तो अराजक अवस्थामा कसरी चुनावको वातावरण बन्ला ? यो प्रश्न उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस्