एनपिएल: आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौं, ३ मंसिर । काठमाडौंको टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्।
प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।
काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।
टिममा उनीसँगै मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर ९विकेटकिपर०, सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन ९विकेटकिपर०, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस ९विकेटकिपर०,सन्तोष यादव र सोनु देवकोटा समावेश छन्।
सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी ९कप्तान०, विनोद भण्डारी ९विकेटकिपर०, अविनाश बोहरा, दीपक बोहरा ९विकेटकिपर०, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत ९विकेटकिपर०, नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।
अपराह्न ४ बजेपछि खेल हुने भएकाले दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ। आजको खेललाई निकै रोमाञ्चक छ ।















प्रतिक्रिया दिनुहोस्