जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिए
काठमाडौं, १ कार्तिक । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डौ्का लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उकरएक विकेट लिए ।
एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेलहरु सुरु भएका हुन् । अबको केही समयपछि काठमाडौं गोर्खाजले फ्लडलाइटमुनि ब्याटिङ गर्नेछ । आजको खेललाई निकै रोचक पनि रहेको छ । सुरुवात खेल भएकाले यसलाई रोचक रुपमा हेरीएको हो ।















प्रतिक्रिया दिनुहोस्