कीर्तिपुर क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल (तस्वीरहरू)

काठमाडौं,१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग  क्रिकेटको दोस्रो संस्करण केही बेरमा सुरु हुँदैछ । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि खेल सुरु हुँनेछ ।

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ । क्रिकेट मैदानमा दर्शक भित्रिने क्रम जारी छ । खेलका क्रममा दर्शकहरुको शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ ।
यस पटक क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइट प्रयोगरि खेल खेलाइदैछ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत वर्षको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

(तस्वीरहरू)

 

प्रतिक्रिया दिनुहोस्