थप दुई कम्पनीले तिरे ट्रंक तथा डेडिकेटेड महशुलको किस्ता
काठमाडौं,२५ कार्तिक । शिवम् सिमेन्ट र हिमाल आइरनले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता महशुलको किस्ता बुझाएका छन् ।
दुई उद्योगले पहिलो किस्ताको रकम प्राधिकरणलाई महशुल बुझाएका हुन् ।
यसमध्ये शिवमले २ करोड ३८ लाख रुपैयाँ रकम महशुलबापतको किस्ता बुझाएको हो । प्राधिकरणका अनुसार, शिवमले ६६ करोड ८९ लाख रुपैयाँ महशुल बुझाउन बाँकी थियो ।
त्यस्तै, हिमाल आइरन उद्योगले पनि गत आइतबार महशुलबापतको किस्ता बुझाएको छ । उद्योगले प्राधिकरणलाई महशुलबापत १३ करोड ६५ लाख तिर्न बाँकी थियो ।















प्रतिक्रिया दिनुहोस्