सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढ्यो
काडमाडौं, २५ कार्तिक । नेपाली बजारमा सुन र चादस दुबै धातुको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको छ। यससँगै छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार उक्त सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो । दिनानुदिन सुन बढ्द्े गएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । विवाहको सिजनको मुखमा सुन र चाँदको मुलय बढ्दा उपभोक्ता तथा ग्राहकलाई थप मर्का परेको छ ।















प्रतिक्रिया दिनुहोस्