राष्ट्रकवि घिमिरे पुनः अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।

भारतबाट उपचार गरी शनिबार मात्र स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरी अस्वस्थ भएपछि अहिले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा आईसीयू कक्षमा उपचार भइरहेको छ परिवारिक स्रोतले जनाएको छ ।

घिमिरेलाई ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डे, विवेक शर्मा, ओममूर्ती अनिललगायतको टिमले उच्च प्राथमिकताका साथ हेरिरहेको अस्पतालले जनाएको छ ।

बाइल्याट्रल निमोनिया देखिएपछि उनलाई आइतबार बिहान ७ बजे अस्पताल भर्ना गरिएको हो पारिवारिक स्रोतले जानकारी दिए ।

यसअघि स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए। मुटु, मिर्गौला र श्वासप्रश्वास समस्या देखिएपछि थप उपचारका लागि राष्ट्रकवि जेष्ठ ९ भारत गएका थिए । भारतको मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्