संसद बैठक शुरु , पेट्रोलियम पदार्थ मुल्य बृदिको चर्को बिरोध ,कसले के बोले ?

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्नुभयो । उहाँले मूल्य वृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५÷७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्