आयुष्मानको सय करोड क्लबमा प्रवेश गर्ने पाँचौं फिल्म बन्यो “थामा”
काठमाडौँ, १४ कार्तिक । आयुष्मान खुराना अभिनित हरर कमेडी युनिभर्सको फिल्म “थामा” अपार सफलताका साथ सिनेमाघरहरूमा प्रदर्शन भइरहेको छ ।
आदित्य सरपोतदारद्वारा निर्देशित यो फिल्ममा आयुष्मानसँगै रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दीन सिद्दीकीको समेत अभिनय रहेको छ ।
यो चलचित्र एक करोड ५० लाखको लागतमा बनेको हो । भारतीय मिडियाका अनुसार यो चलचित्र आयुष्मानको सबैभन्दा छिटो १०० करोड कमाउने फिल्म बनेको छ । यो १०० करोड क्लबमा प्रवेश गर्ने उनको पाँचौं फिल्म बनेको छ । उनको पछिल्लो चलचित्र “ड्रीम गर्ल २” को जीवनकालको सङ्कलनलाई पछि पार्दै चौथो ठूलो हिट बनेको छ ।
थामा गत मंगलबार तिहारको अवसरमा रिलिज भएको थियो । पहिलो दिनमा यो फिल्मले २४ करोड रुपैयाँ कमाएको थियो भने हाल फिल्मको कुल संकलन १०८.२५ करोड रुपैयाँ पुगेको छ । यससँगै यो फिल्म आयुष्मानको करियरको चौथो ठूलो हिट बनेको छ, जसले १०६.७१ करोड रुपैयाँको लाइफटाइम कलेक्सन गरेको “ड्रीम गर्ल २” लाई पछि पारेको छ ।
उनको सबैभन्दा ठूलो हिटको लाइनमा अर्को फिल्म बाला हो जसले ११६.३८ करोड रुपैयाँ कमाएको थियो । थामाले बालाको कलेक्सनलाई पनि पछि पार्ने अनुमान गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्