आईसीसी विश्व क्रिकेट लिग २: नेपालले आज यूएईसँग खेल्दै

, काठमाडौं, १३ कार्तिक। दुबईस्थित आईसीसी एकेडेमीमा हुने आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

 

लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अंक जोडेर नेपाल सातौं स्थानमा छ भने १७ खेलमा ६ अंकसहित यूएई पुछारमा छ । त्यसलेृ आजको खेल चुनौतिपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्