अनमोल केसी स्टारर ‘जेरी अन टप’ आज शुक्रबारबाट देशभरका हलमा प्रदर्शन

काठमाडौं, ३१ असोज । फ्राईडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा आएको छ । २०० बढी शो सहित प्रदर्शनमा आएको फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

करिब तीन घण्टाको फिल्म त्रिकोणात्मक प्रेमकथा र पर्वतीय यात्रामा बनेको हो । फिल्ममा अनमोलसहित केदार घिमिरे ‘माग्ने बुढा’, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गीलगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त पनि फिल्ममा विशेष भूमिकामा छिन् ।

सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसी हो भने पटकथा विश्वास तिम्सिनाको छ ।

अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन्, भने एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का रहेका छन् । फिल्मको छायाङ्कन दिलिप रेग्मीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्